मंगलवार, आश्विन २०,२०८३ 03:12:16
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 03:12:16
Bizshala
Global IME Bank Limited

अर्घाखाँची बस दुर्घटनामा २ को मृत्यु, २५ घाइते, उद्धार कार्य जारी

Bizshala
अर्घाखाँची बस दुर्घटनामा २ को मृत्यु, २५ घाइते, उद्धार कार्य जारी
New Office

काठमाण्डौं । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–८ दुर्गाफाँट कुडेले क्षेत्रमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार ध१ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।  

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त बस पर्वत जिल्लाको मोदी गाउँपालिका–पातिचौरबाट अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर दर्शनका लागि आएका यात्रुहरू बोकेर आएको थियो। फर्कने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो।  

स्थानीयवासीको सहयोगमा बसमा फसेका यात्रुहरूलाई बाहिर निकालिएको र घाइतेहरूको तत्काल प्राथमिक उपचार गरिएको जनाइएको छ।

पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमका अनुसार दुर्घटनामा परेकाहरूलाई उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा पठाइएको हो।  

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि अर्घाखाँची जिल्ला अस्पताल र पाल्पास्थित मिसन अस्पतालमा रेफर गरिएको छ।

प्रहरीले घटनास्थल सुरक्षित गर्दै थप विवरण संकलन गरिरहेको जनाएको छ।  

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र सडकको अवस्था, मोड तथा सम्भावित प्राविधिक कारणसमेत अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.