सोमबार, असार १५,२०८३ 04:59:52
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:59:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्मार्ट टेलिकम प्रकरणमा एनआईएमबीको स्पष्टिकरणः ‘निक्षेपकर्ताको हित जोगाउन कर्जा असुली प्रक्रिया अघि बढायौं’

Laxmi Sunrise Bank Limited
स्मार्ट टेलिकम प्रकरणमा एनआईएमबीको स्पष्टिकरणः ‘निक्षेपकर्ताको हित जोगाउन कर्जा असुली प्रक्रिया अघि बढायौं’

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी)ले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा उठेका प्रश्नबारे स्पष्टिकरण दिँदै सम्पूर्ण प्रक्रिया कानूनी दायराभित्रै सम्पन्न भएको जनाएको छ ।  

बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत स्मार्ट टेलिकमसँग सम्बन्धित कर्जा असुली, सम्पत्ति लिलामी तथा भुक्तानी व्यवस्थापनका सम्पूर्ण काम प्रचलित कानून, नियामकीय व्यवस्था र कर्जा असुली निर्देशिकाअनुसार गरिएको दाबी गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

बैंकका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषयमा अनुसन्धान गरिरहेको छ र सोही क्रममा सीईओ पाण्डेसँग बयान तथा आवश्यक सोधपुछ प्रक्रिया अघि बढाइएको हो । बैंकले यसलाई अनुसन्धान निकायलाई गरिरहेको नियमित सहयोगको हिस्सा भएको बताएको छ ।

एनआईएमबीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, सुरक्षित कारोबार ऐन र नेपाल राष्ट्र बैंकको कर्जा असुली निर्देशिकाअनुसार निक्षेपकर्ताको रकम सुरक्षित गर्नु आफ्नो प्रमुख दायित्व भएकाले सोहीअनुसार कर्जा असुली प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ । बैंकले अनुसन्धानका लागि माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि पूर्ण सहकार्य रहने प्रतिबद्धता जनाएको छ ।

बैंकले २०८२ असोज ३ गते स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री लिलामी बिक्रीको सूचना प्रकाशित गरी नियमानुसार प्रक्रिया पूरा गरेको जनाएको छ । उक्त लिलामीबाट प्राप्त कुल ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण कर्जाको भुक्तानीमा प्रयोग गरिएको बैंकको भनाइ छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बाँकी रहेको ३८ करोड रुपैयाँ भने सम्बन्धित दायित्व व्यवस्थापनका लागि ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’ मा सुरक्षित राखिएको बैंकले जनाएको छ । दूरसञ्चार उपकरण जडान भएका घरधनीको घरभाडा, विद्युत महसुल लगायतका भुक्तानी प्रमाणसहित माग आएपछि क्रमिक रूपमा भुक्तानी गरिने बैंकले स्पष्ट पारेको छ ।

बैंकले यस घटनाले आफ्नो दैनिक कारोबार, वित्तीय सुशासन, निक्षेपकर्ताको हित तथा ग्राहक सेवामा कुनै असर नपर्ने दाबी गर्दै सम्पूर्ण निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा सरोकारवालालाई ढुक्क रहन आग्रह गरेको छ । साथै, नेपाल राष्ट्र बैंकसहित नियामक निकायबाट प्राप्त निरन्तर सहयोग, विश्वास र सद्भावप्रति आभार व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.