मंगलवार, श्रावण १९,२०८३ 04:56:48
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:56:48
Bizshala
Global IME Bank Limited

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशभर वर्षा र हिमपातको सम्भावना
New Office

काठमाण्डौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव कायम रहेको जनाएको छ ।

यी मौसमी प्रणालीहरूको असरका कारण देशका अधिकांश भू-भागमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना बढेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहेको छ ।

अन्य भू-भागमा भने आंशिक बदलीको अवस्था देखिएको छ । मौसम प्रणाली सक्रिय रहेकाले केही प्रदेशमा वर्षा जारी रहेको तथा केही स्थानमा मौसम क्रमशः बिग्रिँदै गएको जनाइएको छ ।

हाल कोशी र बागमती प्रदेशका केही स्थानका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसमीय गतिविधि सक्रिय रहेकाले आज दिनभर नै बदली र वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ ।

दिउँसोको पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ ।

मौसमी प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात र पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना समेत उच्च रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही स्थानसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही क्षेत्र, अन्य हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, आज राति पनि देशका धेरै भू-भागमा बदली कायम रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

रातिको समयमा पनि मौसम अस्थिर रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको पूर्वानुमानअनुसार कोशी र मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.