सोमबार, असार १५,२०८३ 05:27:39
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:27:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालीगण्डकी कोरिडोर अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रे गर्न ३ अर्ब १५ करोड स्रोत सुनिश्चित

Laxmi Sunrise Bank Limited
कालीगण्डकी कोरिडोर अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रे गर्न ३ अर्ब १५ करोड स्रोत सुनिश्चित

काठमाण्डौं । गण्डकी प्रदेशको प्रमुख पूर्वाधार आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको छुसाङ–घमी खण्ड कालोपत्रेका लागि ३ अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ।  

यो ४०.२ किलोमिटर लामो खण्डले मुस्ताङको तल्लो र उपल्लो भागलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्छ।

New Office
CG Motors
Garima Development Bank

आयोजनाका अनुसार अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि अब ठेक्का प्रक्रिया अघि बढाइनेछ र निर्माण कार्य २०८३/८४ देखि शुरु हुने लक्ष्य राखिएको छ।  

यो खण्डले लोमान्थाङ गाउँपालिका र आसपासका क्षेत्रलाई सडक सञ्जालसँग प्रत्यक्ष जोड्नेछ।

यस सडकले पर्यटन, व्यापार र स्थानीय आवागमन सहज बनाउने अपेक्षा गरिएको छ, विशेषगरी चीनको सिमाना जोडिएको कोरला नाका सम्म पहुँच सुधार गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल कागबेनी–छुसाङ खण्डमा कालोपत्रे काम जारी छ र समग्र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति योजना २०७४ देखि सञ्चालनमा छ।

करिब २०२ किलोमिटर यो मार्ग अन्ततः भारत–चीन जोड्ने ४३५ किलोमिटर अन्तरदेशीय कोरिडोरको महत्वपूर्ण हिस्सा बन्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.