मंगलवार, आश्विन २०,२०८३ 07:31:24
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 07:31:24
Bizshala
Global IME Bank Limited

वैदेशिक रोजगार ठगी आरोपमा काभ्रे र पर्वतका दुई व्यक्ति नियन्त्रणमा

Bizshala
वैदेशिक रोजगार ठगी आरोपमा काभ्रे र पर्वतका दुई व्यक्ति नियन्त्रणमा
New Office

काठमाण्डौ । वैदेशिक रोजगारीका लागि ग्रिस र युएई पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली र पर्वत कुस्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार मधुसुदन पराजुलीले ग्रिस पठाइदिने भन्दै २३ लाख रुपैयाँ लिएका थिए भने प्रकाश बाँस्तोलाले युएई पठाउने भन्दै तीन लाख रुपैयाँ लिएर पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 

प्रहरीले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।  

आकर्षक तलब र छिटो विदेश पठाइदिने प्रलोभनमा नपरी सरकारी मान्यता प्राप्त वैदेशिक रोजगार प्रक्रिया मात्र अपनाउन प्रहरीले सुझाव दिएको छ ।

साथै, कुनै व्यक्ति वा संस्थाबाट ठगी भएको आशंका भए तत्काल प्रहरी वा सम्बन्धित निकायमा उजुरी दिन पनि आग्रह गरिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.