सोमबार, असार १५,२०८३ 03:43:32
Bizshala
  • सोमबार, असार १५,२०८३ 03:43:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ नाघ्यो

Laxmi Sunrise Bank Limited
कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ नाघ्यो

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। महालेखापरीक्षक तोयम रायाले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल ५ हजार ५२६ निकायको ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँबराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ। जसमध्ये संघीय मन्त्रालय तथा निकायअन्तर्गत ३ हजार ५० कार्यालयको २९ खर्ब १७ अर्ब ९५ करोड रुपैयाँ, प्रदेशतर्फ १ हजार १२४ कार्यालयको ३ खर्ब २० अर्ब ३० करोड रुपैयाँ तथा स्थानीय तहतर्फ ७२१ निकायको ११ खर्ब ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

यसैगरी समिति तथा अन्य संस्थाअन्तर्गत ५७७ निकायको ४ खर्ब ४७ अर्ब ७७ करोड रुपैयाँ र संघीय कानूनद्वारा स्थापित ४४ संस्थाको ५४ आर्थिक वर्षको ४६ खर्ब ८८ अर्ब ९६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ। यसमध्ये संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ, प्रदेश सरकारी कार्यालयतर्फ ५ अर्ब २२ करोड ८७ लाख रुपैयाँ, स्थानीय तहतर्फ १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ तथा समिति एवं अन्य संस्थातर्फ १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ बेरुजु देखिएको छ।

कुल १ लाख ८८ हजार ९१४ बेरुजु दफामध्ये ९४ हजार ४३८ दफा सैद्धान्तिक तथा ९३ हजार ४७६ दफा लगती बेरुजु रहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यससँगै देशको कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा २।९९ प्रतिशतले बढी हो।

लेखापरीक्षणको प्रभावस्वरूप चालु वर्षमा १४ अर्ब ६३ करोड २७ लाख रुपैयाँ असुल भई सम्बन्धित राजस्व खातामा जम्मा भएको कार्यालयले जनाएको छ। जसमध्ये लेखापरीक्षणकै क्रममा ५७ करोड ६९ लाख रुपैयाँ, प्रारम्भिक प्रतिवेदनपछि ९० करोड ४८ लाख रुपैयाँ तथा सम्परीक्षणका क्रममा १३ अर्ब १५ करोड १० लाख रुपैयाँ असुल भएको हो।

यस वर्ष कुल ६३ अर्ब १२ करोड ९५ लाख रुपैयाँ बराबरको बेरुजु सम्परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.