आईतवार, असार १४,२०८३ 02:12:00
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:12:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्र्याकिङ पद्धतिको विकास गर्न सुझाव

Laxmi Sunrise Bank Limited
सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्र्याकिङ पद्धतिको विकास गर्न सुझाव

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ्ग अभिलेख ट्र्याकिङ पद्धतिको विकास गरी प्रभावकारी ढङ्गबाट अनुगमन गर्नुपर्ने सरकारलाई सुझाव दिएको छ । । कार्यालयले आज सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो ।

महालेखापरीक्षकको कार्यालयले निष्क्रिय लाभग्राही खाताको ट्र्याक गर्ने प्रणाली विकास नभएको तथा विभागले भत्ता वितरणको अनुगमन नगरेकोले मृत्यु भएका व्यक्तिका खातामा सामाजिक सुरक्षा भत्ता गइरहने जोखिम विद्यमान रहेको समेत जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

प्रतिवेदनअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपलब्ध गराएको विवरणअनुसार सामाजिक सुरक्षा भत्तामा २०७९/८० मा रु. १ खर्ब ८ अर्ब ३७ करोड २ लाख र २०८०/८१ मा १.६८ प्रतिशतले वृद्धि भई रु. १ खर्ब १० अर्ब १९ करोड ७० लाख ३१ हजार खर्च भएको छ ।

यो वर्ष नेपाल सरकारले ३८ लाख ६ हजार ६३४ जना लाभग्राहीलाई रु. १ खर्ब १४ अर्ब ४१ करोड २ लाख ६८ हजार सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ जनाइएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.