शनिबार, असार १३,२०८३ 05:01:43
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:01:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणघाट–बुटवल सडक ९१% पूरा, जेठ १५ भित्र मुख्य काम सक्ने लक्ष्य

Laxmi Sunrise Bank Limited
नारायणघाट–बुटवल सडक ९१% पूरा, जेठ १५ भित्र मुख्य काम सक्ने लक्ष्य

काठमाण्डौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो समयदेखि ढिलाइ र समस्याग्रस्त बनेको नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजना अब अन्तिम चरणमा पुगेको छ।  

सडक विभागका अनुसार आयोजनाको भौतिक प्रगति करिब ९१ प्रतिशत पूरा भएको छ।

 

New Office
CG Motors
Garima Development Bank

सडक विभागका महानिर्देशक डा. विजय जैसीले नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अनुगमनपछि निर्माण कार्य अब निर्णायक चरणमा प्रवेश गरेको बताएका छन्।  

उनका अनुसार आयोजनाका अधिकांश मुख्य संरचनागत काम सम्पन्न भइसकेका छन् र अहिले फिनिसिङ, ट्राफिक सुरक्षा प्रणाली, सर्भिस लेन तथा केही सहायक संरचनाका काम मात्र बाँकी छन्।

उनले भने, “नारायणघाट–बुटवल सडक लामो समयदेखि समस्या बनेको थियो। अहिले हामी अन्तिम चरणमा पुगेका छौँ।  

भौतिक प्रगति ९१ प्रतिशत छ। मुख्य संरचना लगभग पूरा भइसकेका छन्, अब फिनिसिङ र ट्राफिक सेफ्टीका कामहरू मात्र बाँकी छन्।”

महानिर्देशक जैसीका अनुसार विशेषगरी चुनौतीपूर्ण मानिएको दाउन्ने खण्डमा उल्लेख्य सुधार भएको छ।  

उनका अनुसार एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको छ भने थप तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।

उनले आगामी जेठ १५ भित्र मुख्य निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी पनि दिए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आयोजना पूरा भएपछि वर्षायाममा बारम्बार हुने सडक अवरोध, जाम र यात्रुहरूले भोग्दै आएको लामो समयको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ।

यसअघि यो खण्डको ढिलाइ र कमजोर अवस्थाका कारण पूर्व–पश्चिम राजमार्गकै सबैभन्दा कष्टकर मार्गका रूपमा चिनिँदै आएको थियो।  

विशेषगरी दाउन्ने क्षेत्रमा हरेक वर्ष वर्षायाममा हुने जाम, चिप्लो सडक र अवरोधले यातायात प्रणाली प्रभावित हुँदै आएको थियो।

यसैबीच, पूर्वाधार विकासमन्त्री सुनील लम्साल नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार नागढुंगा–नौबिसे र नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अनुगमन गरेको थियो।  

अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिन अभावका कारण कामको गति प्रभावित भएको गुनासो गरेका छन्।

उनीहरूले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न बिटुमिन आयातमा सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने मागसमेत राखेका छन्।  

प्रतिनिधिमण्डलले सोही अवसरमा नागढुंगा सुरुङमार्गको समेत निरीक्षण गरेको जनाएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.