शनिबार, असार १३,२०८३ 02:30:33
Bizshala
  • शनिबार, असार १३,२०८३ 02:30:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कुवेत एयरवेजको नेपाल उडान सेवा पुनः सञ्चालन हुने

Laxmi Sunrise Bank Limited
कुवेत एयरवेजको नेपाल उडान सेवा पुनः सञ्चालन हुने

काठमाण्डौ । कुवेत एयरवेजले नेपालका लागि आफ्नो नियमित उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । इरान र अमेरिकाबीचको तनावका कारण केही महिनादेखि स्थगित रहेको सेवा आगामी मंगलबारदेखि पुनः सुरु हुन लागेको हो ।

एयरलाइन्सका अनुसार अबदेखि प्रत्येक मंगलबार र बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि नियमित उडान सञ्चालन गरिनेछ । कम्पनीले यसपटक ठूलो क्षमताको ए३३०–८०० विमान प्रयोग गर्ने जनाएको छ । उक्त जहाजमा एकै पटक २३५ यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीका अनुसार प्रारम्भिक चरणमा कुवेतमा रोकिएका तथा काठमाण्डौबाट कुवेत जान नपाएका यात्रुलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिनेछ । उडान स्थगित भएका कारण टिकट काटेर पनि यात्रा गर्न नपाएका यात्रुले कम्पनीसँग सम्पर्क गरी आफ्नो टिकट पुनः व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाइएको एयरलाइन्सले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुवेत एयरवेजले गत फेब्रुअरी २८ देखि नेपालका लागि आफ्ना नियमित उडान बन्द गरेको थियो । त्यसअघि एयरलाइन्सले सातै दिन दैनिक उडान सञ्चालन गर्दै आएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.