शनिबार, असार १३,२०८३ 06:25:17
Bizshala
  • शनिबार, असार १३,२०८३ 06:25:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्णालीको कृषि र जडिबुटी प्रवर्द्धनबारे इजरायली राजदूतसँग छलफल, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

Laxmi Sunrise Bank Limited
कर्णालीको कृषि र जडिबुटी प्रवर्द्धनबारे इजरायली राजदूतसँग छलफल, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

काठमाण्डौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बाससँग कर्णाली प्रदेशको कृषि आधुनिकीकरण, रैथाने बालीको अन्तर्राष्ट्रिय बजारीकरण तथा बहुमूल्य जडिबुटी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको छ।

कर्णालीका युवा कृषिविद् तथा कृषिमा स्नातकोत्तर अध्ययनरत आशीष देवकोटाले कर्णाली प्रदेशको कृषि, पर्यटन र प्राकृतिक स्रोतको विशाल सम्भावनाबारे राजदूतसमक्ष प्रस्तुति दिएका हुन्। 

New Office
CG Motors
Garima Development Bank

छलफलमा कर्णालीका स्थानीय उत्पादनलाई आधुनिक प्रविधि, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिबारे विशेष ध्यान केन्द्रित गरिएको बताइएको छ।

देवकोटाका अनुसार कर्णालीमा उत्पादन हुने कागुनो, चिनो, मार्सी चामल, कोदो, रनालोलगायतका रैथाने बालीलाई “अर्गानिक तथा पोषणयुक्त सुपरफुड” का रूपमा विश्व बजारमा स्थापित गर्न सकिने सम्भावनाबारे सकारात्मक छलफल भएको थियो।  

जलवायु अनुकूल खेती, जैविक उत्पादन र परम्परागत खाद्य संस्कृतिलाई व्यावसायिक रूपान्तरण गर्ने विषयमा दुवै पक्षबीच सहकार्यको आवश्यकता औँल्याइएको थियो।

त्यस्तै, कर्णालीमा पाइने बहुमूल्य जडिबुटी तथा प्राकृतिक स्रोतको संरक्षण, वैज्ञानिक प्रशोधन र व्यावसायिक उपयोगबारे पनि गम्भीर छलफल भएको जनाइएको छ।  

यार्सागुम्बा, सिलाजित, पाँचऔँले, सतुवा तथा घुच्ची च्याउजस्ता उत्पादनलाई गुणस्तर प्रमाणीकरणसहित अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन आवश्यक पूर्वाधार, अनुसन्धान र लगानीबारे धारणा आदानप्रदान गरिएको थियो।

देवकोटाले कर्णाली प्रदेशमा कृषि यान्त्रीकरण, आधुनिक सिंचाइ प्रणाली, कृषि अनुसन्धान केन्द्र, प्रशोधन उद्योग तथा मूल्य अभिवृद्धि प्रणाली विस्तार अपरिहार्य रहेको बताएका थिए।  

उनका अनुसार उत्पादन वृद्धि मात्र पर्याप्त नभई “ब्रान्डिङ, प्याकेजिङ र बजार पहुँच” विस्तार गर्न सके कर्णालीको स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ।

उनले कर्णालीका कृषि विद्यार्थी तथा युवाहरूलाई इजरायलमा अध्ययन, तालिम तथा व्यावसायिक कृषि अभ्यासमा सहभागी गराउने अवसर थप विस्तार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेषगरी इजरायलमा सञ्चालन हुने“Earn While You Learn” प्रकारका कृषि कार्यक्रमले नेपाली युवालाई आधुनिक कृषि प्रविधि र व्यावहारिक सीप हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ थियो।

छलफलका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, पर्यटन तथा प्राकृतिक विविधताप्रति सकारात्मक चासो व्यक्त गरेका थिए।  

उनले कृषि प्रविधि, स्मार्ट सिंचाइ, उत्पादन व्यवस्थापन तथा सीप विकासका क्षेत्रमा नेपालसँग सहकार्य अझ विस्तार गर्न इजरायल इच्छुक रहेको बताएका थिए।

राजदूतले भविष्यमा कर्णाली प्रदेश भ्रमण गर्ने इच्छा समेत व्यक्त गरेको देवकोटाले जानकारी दिए।  

इजरायल ड्रिप इरिगेशन, मरुभूमि खेती, स्मार्ट कृषि प्रणाली तथा उच्च उत्पादन प्रविधिमा विश्वमै अग्रणी देशमध्ये एक मानिने भएकाले यस्तो सहकार्यले कर्णालीको कृषि प्रणालीमा दीर्घकालीन सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ।

कर्णाली प्रदेशमा ठूलो मात्रामा खेतीयोग्य जमिन, जैविक उत्पादनको सम्भावना र बहुमूल्य जडिबुटी स्रोत भएपनि बजार पहुँच, पूर्वाधार, प्रविधि र लगानी अभावका कारण अपेक्षित विकास हुन सकेको छैन।  

कृषि क्षेत्रका जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण र निर्यातमुखी नीति अपनाउन सके कर्णालीलाई नेपालकै प्रमुख अर्गानिक कृषि तथा जडिबुटी केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.