सोमबार, असार १५,२०८३ 01:56:58
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:56:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिनिधिसभामा पर्चा प्रदर्शनपछि सभामुखको कडा चेतावनी, सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन

Laxmi Sunrise Bank Limited
प्रतिनिधिसभामा पर्चा प्रदर्शनपछि सभामुखको कडा चेतावनी, सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन

काठमाण्डौं । प्रतिनिधिसभामा सोमबारको बैठकका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय आचारसंहिता र मर्यादाभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्न कडा निर्देशन दिएका छन् ।

बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध नारासहितका पर्चा देखाउँदै केही क्षण मौन प्रदर्शन गरेपछि सदनको वातावरण केही समय असहज बनेको थियो । 

New Office
CG Motors
Garima Development Bank

त्यसपछि सभामुख अर्यालले हस्तक्षेप गर्दै यस्तो प्रकारका गतिविधि संसदको गरिमासँग मेल नखाने बताएका हुन् ।

सभामुखले संसदलाई लोकतान्त्रिक व्यवस्थाको प्रमुख कानुन निर्माण गर्ने संस्था भन्दै यसभित्र हुने बहस, असहमति र विरोध सबै व्यवस्थित र अनुशासित ढङ्गले हुनुपर्नेमा जोड दिए ।  

उनका अनुसार विरोध व्यक्त गर्ने अधिकार भए पनि त्यसको स्वरूप र शैली संसदीय मूल्यभित्र सीमित हुनुपर्छ ।

बैठक सञ्चालनका क्रममा सभामुख अर्यालले सांसदहरूलाई सम्बोधन गर्दै भने, “संसद् कानून निर्माण गर्ने अत्यन्त महत्वपूर्ण थलो हो ।  

यहाँ विरोधका विभिन्न लोकतान्त्रिक तरिका हुन सक्छन्, तर ती सबै मर्यादाभित्र रहनुपर्छ । म यसलाई निर्देशनका रूपमा ग्रहण गर्न आग्रह गर्दछु ।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले संसदको कार्यक्षमता, अनुशासन र विश्वसनीयता कायम राख्न सबै सांसदहरूको समान जिम्मेवारी रहने उल्लेख गर्दै अव्यवस्थित गतिविधिले सदनको कामकारबाही प्रभावित हुन सक्ने चेतावनी पनि दिए ।

सभामुखको निर्देशनपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले भने सरकारविरुद्ध लेखिएको पर्चा घाँटीमा झुन्ड्याएर बैठकमा सहभागी भइरहेका छन् ।

उनीहरूले सरकारको नीति तथा निर्णयप्रति असन्तुष्टि जनाउँदै यसअघि पनि विभिन्न चरणमा सदनभित्र र बाहिर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.