सोमबार, जेष्ठ ४,२०८३ 02:30:32
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:30:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

Laxmi Sunrise Bank Limited
नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न
Shivam Cement

काठमाण्डौ । नौबुँदे घोषणापत्र जारी गर्दै भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय मकवानपुरसँगको सहकार्यमा संघले आइतबार जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३ सञ्चालन गरेको हो ।

स्टार्टअप उद्यम तथा व्यवसाय गर्न चाहने उद्यमीलाई तालिम, प्रशिक्षण तथा परामर्श दिन जिल्ला उद्योग वाणिज्य संघ मातहत सञ्चालन हुने गरी बिजनेस इन्क्युबेसन सेन्टर स्थापनाका लागि सरकारबाट बजेट व्यवस्था हुनुपर्ने, परियोजना धितोमा सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरल बनाइनुपर्ने, स्टार्टअप कोषमा पर्याप्त बजेट विनियोजन गरी बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागसहित सम्मेलन सम्पन्न भएको संघले जनाएको छ ।

सम्मेलनले वैदेशिक रोजगारीमा निर्भरता घटाउन सरकारले स्वदेशमै युवालाई रोजगारी र उद्यमका अवसर सिर्जना गर्न उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिई लगानीमैत्री वातावरण बनाउन आवश्यक नीति ल्याउनुपर्ने माग गरेको छ । स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीको बजार पहुँचको व्यवस्था, उत्पादित वस्तु तथा सेवा खरिदमा सरकारी प्राथमिकता, ब्रान्डिङमा प्राथमिकता, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच पु¥याउन निर्यात प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने, उद्योग व्यवसाय दर्ता, कर प्रणाली, नवीकरणलगायतका प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड गरी एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाउनुपर्ने सम्मेलनले सुझाव दिएको छ ।

Bizshala
New Office
CG Motors

सम्मेलनको उद्घाटन बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले गरेकी थिइन् । उक्त अवसरमा मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले स्टार्टअप र नवप्रवर्तन उद्यम व्यवसाय प्राथमिकतामा राखेको बताइन् । 

स्टार्टअप र नवप्रवर्तन उद्यमीहरुको विकासका लागि आवश्यक ऐन संशोधनका कार्यहरु भइरहेको जानकारी दिँदै उनले स्टार्टअप सम्मेलनले पनि उनीहरुको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

संघकी अध्यक्ष कृष्णमुरारी न्यौपानेले देशमा स्टार्टअप वातावरण निर्माण र नवप्रवर्तन संस्कृतिको विकास तथा सुदृढीकरण, युवा उद्यमीलाई व्यवसायिक दिशानिर्देश, लगानीको वातावरण तयार, प्रविधि विकासमा टेवा पु¥याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताइन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका कार्यसमिति सदस्य एवं युवा उद्यमी उपसमितिका संयोजक कृतन अवालले आआफ्नो धारणा राखेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

सम्मेलनमा प्यानल डिस्कसन सेसन, फाउन्डर स्टोरी सेसन, पिच डेक सेसन सञ्चालन गरिएको थियो । प्यानल डिस्कसन सेसनमा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरु सुबास शर्मा, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, विनायक शाह र बलराम सञ्जेल वक्ताका रुपमा रहेका थिए । ‘नेपालमा तपाईं शुन्यबाट सुरु गर्नुप¥यो भने कुन क्षेत्रमा लगानी गर्नुहुन्छ र किन ?’ विषयक समूहगत छलफलमा सुगारिका केसीले सहजीकरण गरेकी थिइन् ।

यसैगरी, फाउन्डर स्टोरी सेसनमा सफल उद्यमी व्यवसायीहरु सन्तोष पाण्डेय, सैफ गौचन, श्रीया गिरी, केश्मा थापा, निष्ठा कायष्थले आफ्नो उद्यम व्यवसाय यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरु प्रस्तुत गरे । त्यसैगरी, पिच डेक सेसनमा मोडर्न कलेजमा अध्ययनरत गरिमा थापाले प्लास्टिक फोहोर व्यवस्थापन, ख्वप कलेजमा अध्ययनरत असिम त्वायनाले कानुनी परामर्शसम्बन्धी एप र बागिश्वरी कलेजमा अध्ययनरत रिया प्रजापतिले हस्तकलाका वस्तु उत्पादनसम्बन्धी प्रस्तावना प्रस्तुत गरेका थिए । 

उक्त सेसनको निर्णायकमण्डलमा संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य र वान टु वाचका महाप्रबन्ध विश्व गिरी रहेका थिए ।

सम्मेलनमा विभिन्न स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीहरुद्वारा उत्पादित सेवा र वस्तुहरुको २२ वटा स्टल प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका स्टलहरुमध्ये प्लान माई नेपालको स्टललाई उत्कृष्ट नवप्रवर्तन स्टल घोषित गरिएको संघअन्तर्गतको युवा उद्यमी उपसमितिका उपसंयोजक शिशिर किसीले जानकारी दिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.