मंगलवार, श्रावण १२,२०८३ 06:47:59
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 06:47:59
Bizshala
Global IME Bank Limited

ट्रम्प प्रशासनको नीतिगत परिवर्तनपछि होन्डा ७० वर्षमा पहिलोपटक घाटामा

ट्रम्प प्रशासनको नीतिगत परिवर्तनपछि होन्डा ७० वर्षमा पहिलोपटक घाटामा
New Office

काठमाण्डौ । जापानको सवारी निर्माता कम्पनी होन्डाले सन् १९५५ पछि पहिलोपटक वार्षिक घाटा व्यहोर्नुपरेको छ। कम्पनीले विद्युतीय सवारी (ईभी) क्षेत्रमा ठूलो लगानी गरे पनि अमेरिकामा ईभी खरिदमा दिइँदै आएको सरकारी अनुदान हटाइएपछि बिक्रीमा उल्लेखनीय गिरावट आएको हो। मार्चमा समाप्त आर्थिक वर्षमा होन्डाले करिब २.६ अर्ब डलर घाटा व्यहोरेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोउनजाल्ड ट्रम्प नेतृत्वको प्रशासनले उत्सर्जनसम्बन्धी नियमहरूमा ढिलाइ गर्दै ईभी खरिदकर्तालाई दिइँदै आएको ७ हजार ५०० डलरको कर छुट समाप्त गरेको थियो। सेप्टेम्बरदेखि उक्त सुविधा हटाइएपछि अमेरिकामा ईभी गाडीको माग उल्लेखनीय रूपमा घटेको विश्लेषण गरिएको छ।

यसअघि कडा उत्सर्जन मापदण्ड लागू हुने अपेक्षामा होन्डासहित विश्वका प्रमुख अटो कम्पनीहरूले ईभी उत्पादन र पूर्वाधार विस्तारमा अर्बौं डलर लगानी गरेका थिए। तर अमेरिकी नीतिमा आएको परिवर्तनले ती कम्पनीहरूको रणनीतिमा ठूलो असर परेको छ।

अमेरिकी नीतिगत परिवर्तनको असर अन्य प्रमुख अटो कम्पनीहरूमा पनि परेको छ। जनरल मोटर्सलाई ७.२ अर्ब डलर, फोर्ड मोटर कम्पनीलाई १७.४ अर्ब डलर तथा स्टेलान्टिसलाई २५.४ अर्ब डलर बराबरको क्षति पुगेको बताइएको छ। यद्यपि जनरल मोटर्स नाफामै रहे पनि फोर्ड र स्टेलान्टिस घाटामा गएका छन्।

यद्यपि अटो कम्पनीहरूले ईभीसम्बन्धी दीर्घकालीन योजना भने त्यागेका छैनन्। युरोप र एशियामा उत्सर्जन नियन्त्रणका नियमहरू अझ कडा बन्दै गएका छन् भने अमेरिकाका केही राज्यहरूले पनि स्वच्छ ऊर्जा सवारीलाई प्राथमिकता दिइरहेका छन्।

क्यालिफोर्नियाले सन् २०३५ सम्म पेट्रोलबाट चल्ने नयाँ गाडीको बिक्री बन्द गर्ने लक्ष्य अघि सारेको छ। साथै चीनका ईभी उत्पादक कम्पनीहरूले विश्व बजारमा तीव्र प्रतिस्पर्धा बढाइरहेका छन्। चीनका अधिकांश अटो कम्पनीहरू अहिले मुख्य रूपमा ईभी गाडी उत्पादनमा केन्द्रित छन्, यद्यपि अमेरिकी बजारमा उनीहरूको उपस्थिति अझ सीमित छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.