मंगलवार, श्रावण १९,२०८३ 02:21:56
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:21:56
Bizshala
Global IME Bank Limited

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनालाई दिइयो

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३७८ जनालाई दिइयो
New Office

काठमाण्डौ । लामो समयदेखि रोकिएको समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया सरकारले औपचारिक रूपमा सुरु गरेको छ। प्रारम्भिक चरणमा तीन वटा सहकारीका साना बचतकर्तालाई लक्षित गर्दै रकम फिर्ता गरिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो दिन कुल ३७८ जना बचतकर्तालाई रकम भुक्तानी गरिएको हो। तीमध्ये कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ता समावेश छन्।

समितिले प्रारम्भिक चरणमा थोरै बचत भएका सदस्यलाई प्राथमिकता दिँदै भुक्तानी प्रक्रिया अघि बढाएको जनाएको छ। अब भने बचतकर्ताको रकमको आकारका आधारमा क्रमशः वर्गीकरण गरी फिर्ता गर्ने रणनीति अपनाइनेछ।

सरकारी तथ्याङ्कअनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये ठूलो हिस्सा साना बचतकर्ताको रहेको समितिले जनाएको छ। ५ लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र सोभन्दा बढी बचत गर्ने करिब १८ हजार जनालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ।

सरकारले सहकारी संकट समाधानका लागि ऋण असुलीलाई पनि समानान्तर रूपमा अघि बढाइरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार ऋणीहरूबाट हालसम्म २ करोड रुपैयाँभन्दा बढी असुल भइसकेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.