मंगलवार, श्रावण २६,२०८३ 07:23:03
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 07:23:03
Bizshala
Global IME Bank Limited

ज्योति विकास बैंकको नाफा २४.३९% ले घट्यो, ईपीएसमा पनि गिरावट

Prabhu Bank Limited
ज्योति विकास बैंकको नाफा २४.३९% ले घट्यो, ईपीएसमा पनि गिरावट
New Office

काठमाण्डो । ज्योति विकास बैंक लिमिटेडको खुद नाफा २४.३९ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि  अवधिसम्म भने बैंकले २० करोड १६ लाख बढीको नाफा आर्जन गरेको थियो ।  

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि १.७५ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको सोहि अवधिमा भने बैंकको खुद ब्याज आम्दानी १ अर्ब ६७ करोड रुपैयाँमा सििमत थियो ।  

बैंकको सञ्चालन खर्च २.१८ प्रतिशतले घटेर ८७ करोड १७ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७१ करोड ४५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर ८३ करोड २ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको निक्षेप संकलन ६३ अर्ब ४२ करोड रुपैयाँ रहेकोमा कर्जा प्रवाह भने ५० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बैंकको रिटेन्ड अर्निङ २८ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको रिजर्भको आकार १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ ।  

यस्तै बैंकको प्रतिसेयर आम्दानी पनि ६.१२ रुपैयाँबाट घटेर ४.६२ रुपैयाँमा सीमित बनेको छ । बैंकको पीई रेसियो ६३.५९ गुणा,प्रतिसेयर नेटवर्थ १३४.२० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६८४.२२ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X