सोमबार, श्रावण १८,२०८३ 07:51:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:51:30
Bizshala
Global IME Bank Limited

रास्वपामा आन्तरिक कलह बढ्यो, बैठकमै धकेलाधकेल, प्रहरी परिचालन

रास्वपामा आन्तरिक कलह बढ्यो, बैठकमै धकेलाधकेल, प्रहरी परिचालन
New Office

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठक आन्तरिक मतभेदका कारण तनावपूर्ण बनेको छ ।  

संगठन सञ्चालन र निर्णय प्रक्रियालाई लिएर देखिएको असहमति अन्ततः विवादमा रूपान्तरण हुँदा केही प्रतिनिधिसभा सदस्यहरू बैठकस्थल छाड्न बाध्य भएको घटनाले पार्टीभित्रको असन्तुलन उजागर गरेको छ ।

कलैयामा शनिबार आयोजित बैठकमा बारा क्षेत्रका प्रतिनिधिसभा सदस्यहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए ।  

बैठकमा संगठन सुदृढीकरण, नेतृत्व समन्वय र स्थानीय संरचनाको निर्णय प्रक्रियाबारे छलफल भइरहँदा दुई पक्षबीच मतभेद बढेको सहभागीहरूले बताएका छन् ।

केही नेताहरूले संस्थापन पक्षको कार्यशैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै प्रश्न उठाएपछि बैठकमा बहस तीव्र बनेको थियो ।  

त्यसपछि अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि कार्यकर्ताहरूबीच पनि चर्को भनाभन भएको बताइएको छ ।

विवाद चुलिँदै गएपछि केही प्रतिनिधिसभा सदस्यहरूलाई बैठकस्थलबाट बाहिर जान आग्रह गरिएको र त्यसक्रममा धकेलाधकेलको अवस्था बनेको सहभागीहरूले बताएका छन् ।  

स्थिति असहज बन्दै गएपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो र सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ ।

यता केही सहभागीहरूले भने घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गर्दै आन्तरिक छलफलको क्रममा सामान्य असहमति मात्र भएको बताएका छन् ।

उनीहरूका अनुसार संगठनभित्रका मतभेद संवादमार्फत समाधान गर्नुपर्ने पक्षमा अधिकांश सदस्यहरू छन् ।

यसअघि संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज भएपछि रास्वपा बारा जिल्लामा नेतृत्व र संगठनात्मक संरचनाबारे विवाद चर्किँदै गएको थियो ।  

पछिल्लो घटनाले त्यो असन्तुष्टि अझ स्पष्ट रूपमा सतहमा आएको देखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.