काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १५२.८४ रुपैयाँ र बिक्रीदर १५३.४४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १५२.१३ रुपैयाँ र बिक्रीदर १५२.७३ रुपैयाँ कायम थियो । आज यूरो र पाउण्डको भाउ समेत बढेको छ ।
आज एक यूरोको खरिददर १७७.५८ रुपैयाँ र बिक्रीदर १७८.२८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७.८८ रुपैयाँ कायम थियो ।
यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर २०५.६२ रुपैयाँ र बिक्रीदर २०६.४३ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन पाउण्ड २०४.९० रुपैयाँ र बिक्रीदर २०५.७० रुपैयाँ कायम थियो । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०९.५८ रुपैयाँ र बिक्रीदर ११०.०१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५६ रुपैयाँ र बिक्रीदर ९.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ४१.६१ रुपैयाँ र बिक्रीदर ४१.७८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २२.५८ रुपैयाँ र बिक्रीदर २२.६७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३८.२६ रुपैयाँ र बिक्रीदर ३८.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ४१.९३ रुपैयाँ र बिक्रीदर ४२.०९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४९८.१७ रुपैयाँ र बिक्रीदर ५००.१३ रुपैयाँ कायम भएको छ ।

