बुधबार, असार १०,२०८३ 07:31:11
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:31:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माउन्ट एभरेष्ट पावरले सर्वसाधारणका लागि असारमा आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
माउन्ट एभरेष्ट पावरले सर्वसाधारणका लागि असारमा आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेले असार ३ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १७ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो।

New Office
CG Motors
Garima Development Bank

उक्त सेयर बाँडफाँड गरेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारणका लागि जारी आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई रेटिङ कम्पनी केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युयर रेटिङ्ग प्रदान गरेको छ। जसले समयमै दायित्व दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार ८ गते र ढिलोमा असार १७ गते हुनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.