बुधबार, असार १०,२०८३ 03:20:45
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:20:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि फागुन २३ मा समाप्त हुँदै

Laxmi Sunrise Bank Limited
निफ्राको १२.९६ करोड कित्ता सेयरको लक–इन समयावधि फागुन २३ मा समाप्त हुँदै

काठमाण्डौ ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को लक इन समयावधि फागुन २३ गते समाप्त हुँदैछ। 

बैंकले एक सूचना जारी गर्दै आगामी फागुन २३ गते बैंकको संस्थापक सेयरधनीहरुको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

New Office
CG Motors
Garima Development Bank

निफ्राले गत २०७७ माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

बैंकको आईपीओ बाँडफाँड २०७७ माघ १६ गते भएको थियो । हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक–इनमा रहेको छ । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.