मंगलवार, आश्विन २०,२०८३ 04:15:22
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 04:15:22
Bizshala
Global IME Bank Limited

माइतीघरमा जनमत पार्टीको प्रदर्शन, प्रदेश स्वायत्तताको माग

Bizshala
माइतीघरमा जनमत पार्टीको प्रदर्शन, प्रदेश स्वायत्तताको माग
New Office

काठमाण्डौं । जनमत पार्टीले संघीयताको प्रभावकारी कार्यान्वयन र मधेश–केन्द्रित मुद्दालाई अघि सार्दै काठमाडौंमा प्रदर्शन गरेको छ।  

माइतीघर मण्डलामा गरिएको शान्तिपूर्ण प्रदर्शनमार्फत पार्टीले प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने माग पुनः उठाएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रदर्शनकारीहरूले कर्मचारी प्रशासन र स्थानीय तहलाई प्रदेश मातहत ल्याउन, प्रहरी प्रशासन तथा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारको अधिकार क्षेत्रमा राख्न तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग राखेका छन् ।  

साथै तराई–मधेश क्षेत्रमा जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्नुपर्ने उनीहरूको जोड छ ।

जनमत पार्टीले रोजगारी सिर्जना, वैदेशिक रोजगारका समस्या समाधान, किसानलाई सहुलियतपूर्ण ऋण र मल उपलब्ध गराउने विषयलाई पनि आन्दोलनका मुख्य एजेन्डा बनाएको छ ।

त्यस्तै, चुरे क्षेत्रको संरक्षण, भूमिहीन तथा सिमान्तकृत समुदायको अधिकार सुनिश्चितता र सामाजिक विभेद अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने माग गरिएको छ ।

पार्टीका नेताहरूका अनुसार सरकारले आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयन नगरेको कारण दबाबमूलक प्रदर्शन गर्नुपरेको हो ।  

उनीहरूले मधेश र सिमान्तकृत समुदायप्रति राज्यको ध्यान पर्याप्त नपुगेको आरोप समेत लगाएका छन् ।

जनमत पार्टीले आफ्ना मागहरू बेवास्ता भएमा आगामी दिनमा थप सशक्त आन्दोलन अघि बढाउने चेतावनीसमेत दिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.