Bizshala
  • सोमबार, जेष्ठ २५,२०८३ 04:26:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भाटभटेनी र ग्लोबल आईएमई बैंकको साझेदारीमा Global BBSM Club Card सार्वजनिक, यस्ता छन् सुविधा

Laxmi Sunrise Bank Limited
भाटभटेनी र ग्लोबल आईएमई बैंकको साझेदारीमा Global BBSM Club Card सार्वजनिक, यस्ता छन् सुविधा
Shivam Cement

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो रिटेलचेन भाट-भटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरले ग्लोबल आईएमई बैंक लिमिटेडसँगको रणनीतिक साझेदारीमा Global BBSM Club Card सार्वजनिक गरेको छ। यो को-ब्रान्डेड क्लोज्ड-लुप क्रेडिट कार्ड भाट-भटेनीका ग्राहकहरूलाई अझ सहज र सुविधाजनक किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।

यस सुविधामार्फत योग्य ग्राहकहरूले इलेक्ट्रोनिक्स सामानहरू खरिद गर्दा तत्काल भुक्तानीको दबाबबिना सहज रूपमा किनमेल गर्न सक्नेछन्। प्रारम्भिक चरणमा योयोजना इलेक्ट्रोनिक्स खरिदमा लागू हुनेछ, जहाँ रु. १५,००० वा सो भन्दामाथिको खरिद रकमलाई कुनै अतिरिक्त ब्याज वा अग्रिम भुक्तानी बिना ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी (EMI) सुविधामा रूपान्तरण गर्न सकिनेछ।

Bizshala
New Office
CG Motors

Global BBSM Club Card अन्तर्गतयोग्य ग्राहकहरूले आफ्नो किनमेल इतिहास, लोयल्टी सदस्यता विवरण, KYC प्रमाणीकरण तथा ग्लोबल आईएमई बैंकको मूल्याङ्कन प्रक्रियाका आधारमा रु. १,५०,००० देखि रु. ३,००,००० सम्मकोपूर्व-स्वीकृत क्रेडिट सीमा प्राप्त गर्न सक्नेछन्।

यसका साथै, ग्राहकहरूले EMI मार्फत खरिद गर्दा विभिन्न विशेष छुट तथा आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्, जसले दैनिक आवश्यकतादेखि उच्च मूल्यका वस्तुसम्मको खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउनेछ।

यो सुविधा भाटभटेनीका देशभर रहेका स्टोरहरूमा उपलब्ध हुनेछ, जसमार्फत ग्राहकहरूले भाट-भटेनीको व्यापक रिटेल सञ्जालसँगै ग्लोबल आईएमई बैंकको आधुनिक बैंकिङ तथा डिजिटल भुक्तानी सेवाको सहज अनुभव प्राप्त गर्न सक्नेछन्।

Garima Development Bank
Shivam Cement
Bizshala

मुख्य विशेषताहरू

  • योग्य EMI खरिदमा ०% ब्याज
  • ०% डाउनपेमेन्ट
  • ३, ६, ९, १२ र१८ महिनासम्मको EMI सुविधा
  • EMI खरिदमा विशेष छुट तथा प्रमोशनल अफरहरू
  • प्रारम्भिक चरणमा इलेक्ट्रोनिक्स खरिदमा उपलब्ध
  • रु. १,५०,००० देखिरु. ३,००,००० सम्मको क्रेडिट लिमिट
  • भाट-भटेनीका देशभरका आउटलेटहरूमा उपलब्ध
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.