शुक्रबार, असार २६,२०८३ 02:56:16
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 02:56:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फिफा विश्वकप २०२६ लक्षित नेपाल टेलिकमको विशेष प्याकेज, गुनासो व्यवस्थापनका लागि छुट्टै सम्पर्क नम्बरको व्यवस्था

Laxmi Sunrise Bank Limited
फिफा विश्वकप २०२६ लक्षित नेपाल टेलिकमको विशेष प्याकेज, गुनासो व्यवस्थापनका लागि छुट्टै सम्पर्क नम्बरको व्यवस्था

काठमाण्डौ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ का खेलहरूको प्रत्यक्ष प्रसारण सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विशेष "फिफा वर्ल्डकप २०२६ प्याकेज" सार्वजनिक गरेको छ। कम्पनीले प्याकेज सम्बन्धी कुनै समस्या, जिज्ञासा वा गुनासो भएमा चौबिसै घण्टा ग्राहक सेवा उपलब्ध गराउने व्यवस्था समेत गरेको जनाएको छ।

टेलिकमका अनुसार प्याकेज खरिदका क्रममा कुनै समस्या आएमा वा सेवासम्बन्धी गुनासो भएमा ग्राहकहरूले १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्। साथै, प्याकेज खरिदसँग सम्बन्धित गुनासोको शीघ्र सम्बोधनका लागि ०१–५९७००१९नम्बरलाई वैकल्पिक सम्पर्क माध्यमका रूपमा सञ्चालनमा ल्याइएको छ। प्राप्त गुनासोहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने कम्पनीले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

विशेष प्याकेजअन्तर्गत सम्पूर्ण एफटीटीएच (FTTH) ग्राहकहरूले ९९९ रुपैयाँमा विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

त्यसैगरी, वार्षिक १०० एमबीपी एसवा सोभन्दा बढी गतिको FTTH इन्टरनेट सेवा नयाँ जडान गर्ने, नवीकरण गर्ने वा १०० एमबीपीएस भन्दा कम गतिको प्याकेजबाट १०० एमबीपीए सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति (अपग्रेड) गर्ने ग्राहकहरूले उक्त विश्वकप प्याकेज बोनस स्वरूप निःशुल्क प्राप्त गर्न सक्नेछन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निःशुल्क बोनस प्याकेज प्राप्त गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट ८१४१६३मा फोन गरी त्यसपछि ४ डायल गर्नुपर्नेछ। प्राप्त निर्देशनअनुसार सेटटप बक्सको MAC Address उपलब्धगराएपछि बोनस प्याकेज सक्रिय हुने व्यवस्था गरिएको छ।

यस्तै, FTTH ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमा हिमालय स्पोर्ट्सच्यानल छनोट गर्दाछुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। उक्तस्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि मोबाइलमा प्राप्त हुने OTP टेलिभिजन स्क्रिनमा इन्ट्री गर्नुपर्नेछ। त्यसपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.