नेपाल टेलिकमले ११ जिल्लाका १३ स्थानमा सञ्चालनमा ल्यायो नयाँ मोबाइल साइट
काठमाण्डौ। नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी र फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेले जानकारी दिए। नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा...

