काठमाण्डौ । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्नका लागि एक्सेस कोड १४२४ को महसुल दर तथा पल्सदर परिमार्जन गरेको छ । नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये एक्सेस १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई पुस १५ गते राती १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३.७६ कायम गरिएको छ ।
यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको छ ।