आईतवार, श्रावण ३१,२०८३ 10:08:52
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 10:08:52
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको खुद नाफा ४७.५८% ले बढ्यो

Prabhu Bank Limited
नेपाल टेलिकमको खुद नाफा ४७.५८% ले बढ्यो
New Office

काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा आफ्नो खुद मुनाफा ४७.५८ प्रतिशतले बढाएर ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।

कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।

नेपाल टेलिकमको कुल सञ्चालन आय पनि बढेको छ। आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म कम्पनीले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो।

त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ।

CG Motors

कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।

यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी ४९.२५ रुपैयाँ रहेको छ।

नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।

यद्यपि, जीएसएम सेवातर्फको राजस्वमा वृद्धि भएकाले समग्र सञ्चालन आय बढाउन सहयोग पुगेको छ। जीएसएम सेवाबाट प्राप्त राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ।

कम्पनीले राष्ट्रको सञ्चार सेवाको जिम्मेवारी निर्वाह गर्दै बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.