काठमाण्डौ । नेपाल टेलिकम(एनटीसी)को खुद नाफामा ३२.९७ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको कुल आम्दानीमा समेत कमी आएको छ । कम्पनीले समीक्षा अवधिसम्म १९ अर्ब ५१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८.४० प्रतिशतले कम हो । कम्पनीको रिजर्भको आकार ७३ अर्ब १४ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४३ अर्ब १७ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)घटेको छ । कम्पनीको ईपीएस ४३.६८ रुपैयाँबाट घटेर २९.२८ रुपैयाँमा सीमित बनेको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६८२.७२ रुपैयाँ, तरलता २.०१ प्रतिशत र पीई अनुपात ३०.३३ गुणा कायम भएको छ ।