शुक्रबार, बैशाख ४,२०८३ 11:33:35
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:33:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले दियो रु.१.०२ करोड

Bizshala
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमले दियो रु.१.०२ करोड
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले भदौ १० देखि १२ गते सम्म वर्षाका कारणले देशैभर भएको प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको छ ।  

टेलिकमले अविरल वर्षाका कारणले काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो तथा डुबान लगायतका प्राकृतिक विपत्तिका पीडितहरुलाई राहत स्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख ७० हजार २१४.८३ जम्मा गरेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरिएको टेलिकमले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतहरु समेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरेकी हुन् ।  

CG Motors
Garima Development Bank
IME remit

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन समेत दिए । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.