आईतवार, फाल्गुन ११,२०८१ 03:47:15
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:47:15
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेजहरु, के–के छन् सुविधा ?

Hyundai Nepal
नेपाल टेलिकमले ल्यायो जीएसएम मोबाइल तथा एफटीटीएचमा आकर्षक प्याकेजहरु, के–के छन् सुविधा ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (असार १) देखि लागू हुने छन् ।  

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजनाअन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने (अन– लिमिटेड अन–नेट भ्वाइस)तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने (अफ–नेट भ्वाइस) सेवासहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ ।  

त्यसैगरी, सजिलो ६३६ प्याकअन्तर्गत रु. ६३६ मा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जीबी डाटा सेवा उपलब्ध हुनेछ ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जीबी डाटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जीबी डाटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डाटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ । सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइलप्रयोगकर्ताका लागि ३० दिनसम्मचलाउन सकिने गरी समयावधि तोकिएको छ । यसका साथै अन्य आकर्षक प्याकेजहरु समेत कायम राखिएको छ ।

इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत रु. ८० मा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने रु. २७० मा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ।  

त्यसैगरी, एफटीटीएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ । प्रिमियम एफटीटीएच प्याकेजहरुमा डाटा मात्र, बेसिक आईपीटीभी तथा प्रिमियम आईपीटिीभीका प्याकेजहरु, भ्वाइस सेवा मात्र प्रयोग गर्ने ग्राहकहरुका लागि बेसिक आईभीटीभी तथा प्रिमियम आर्यभीटीभी प्याकेजहरु र एक्सजीपोन प्याकेजहरुमा डाटामात्र, बेसिक आइपीटीभी तथा प्रिमियम आईपीटीभीका प्याकेजहरु समेत सुलभ दरमा उपलब्ध हुनेछन् ।  

ग्राहकले आफ्नो मोबाइलबाट *1415# गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोगबाट विभिन्न प्याकेजहरुसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.