काठमाण्डौ । नेपाल टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा रु. ५ हजारसम्मको नगद पुरस्कार भन्दै गरिएको प्रचारप्रसारको भ्रममा नपर्न आग्रह गरेको छ ।
एक विज्ञप्ति जारी गर्दै टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजारसम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन आग्रह गरेको हो ।
कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ । प्रवक्ता हरि ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।