मंगलवार, आश्विन ६,२०८३ 03:13:05
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 03:13:05
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क पूर्ण रूपमा पुनःस्थापित

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क पूर्ण रूपमा पुनःस्थापित
New Office

काठमाण्डौ । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा अवरुद्ध भएका मोबाइल बीटीएस साइट पुनःसञ्चालनमा ल्याउँदै राहत तथा उद्धार कार्य भइरहेका सबै प्रभावित स्थानमा मोबाइल नेटवर्कको पहुँच पूर्ण रूपमा कायम गरेको छ।

गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान हुँदै आएको मोबाइल तथा इन्टरनेट सेवा व्यापक रूपमा अवरुद्ध भएको थियो।

कम्पनीका प्राविधिकहरू बाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत निरन्तर सेवा पुनःसञ्चालनमा खटिएपछि अवरुद्ध साइट क्रमशः सञ्चालनमा आएका हुन्।

सडक तथा विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा सुरक्षा निकायसँगको समन्वयमा हेलिकप्टरमार्फत प्राविधिकसहित आवश्यक उपकरण, जेनेरेटर र इन्धन ढुवानी गरी सेवा पुनःसञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार भदौ १४ गते नेपाल–चीन सीमाना नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य सञ्चालन भइरहेका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

१२० मध्ये ८३ साइट अवरुद्ध

बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा नेपाल टेलिकमका १२० वटा साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटको सेवा अवरुद्ध भएको थियो।

तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ गरी तीनवटा साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

कठिन भौगोलिक अवस्था, सडक सञ्जाल अवरुद्ध हुनु र विद्युत् आपूर्ति कटौतीका बीचसमेत प्राविधिक तथा आवश्यक उपकरण प्रभावित क्षेत्रमा पुर्‍याएर मोबाइल सेवा पुनःस्थापित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सेवा पुनःसञ्चालनमा सहयोग गर्ने तालुक मन्त्रालय, नेपाली सेना तथा अन्य सुरक्षा निकाय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायकका प्राविधिक, सञ्चारमाध्यम तथा मोबाइल सेवासँग सम्बन्धित सहयोगी निकायप्रति आभार व्यक्त गरेको छ।

विपद्का समयमा समेत आमजनतामा सञ्चार सेवाको पहुँच सुनिश्चित गरी ‘राष्ट्रको सञ्चार’को गरिमा कायम गर्न कम्पनी प्रतिबद्ध रहेको नेपाल टेलिकमले जनाएको छ।

फाइबर नेटवर्कमा पनि ठूलो क्षति, १,०९३ लाइन पुनःसञ्चालन

बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा समेत गम्भीर क्षति पुगेको थियो।

बाढीले रसुवागढी र बेत्रावतीमा एक–एकवटा गरी दुईवटा OLT, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँचवटा FDC तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको कम्पनीले जनाएको छ।

त्यसबाट ती क्षेत्रका कुल १ हजार ५४४ वटा एफटीटीएच लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।

विपद्लगत्तै प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरी मर्मत कार्य तीव्र पारिएकोमा भदौ मसान्तसम्म प्रभावितमध्ये १ हजार ९३ वटा लाइन पुनःसञ्चालनमा ल्याइएको छ।

यससँगै फाइबर नेटवर्कतर्फको पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन्न भएको कम्पनीले जनाएको छ।

अझै ४५१ वटा एफटीटीएच लाइन पुनःसञ्चालन हुन बाँकी छन्। ती लाइन सम्बन्धित क्षेत्रको भौगोलिक तथा बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता र ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने नेपाल टेलिकमले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.