काठमाण्डौ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको छ ।
विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको टेलिकमले जनाएको छ ।
यस्तो प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भैरहेको टेलिमले जनाएको छ । टेलिकमका अनुसार धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भैसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको छ ।
अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमाप्रार्थी गरेको छ ।