काठमाण्डौ । नेपाल टेलिकमले भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरेको छ । यससँगै बाढीबाट प्रभावित भएका १२० साइट मध्ये ११० साइट सुचारु भएका छन् ।
जिबजिबे टावरबाट भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिकाको वडा नम्बर ५ र ६ को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।
त्यसैगरी सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपास क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन् ।
बेनीघाट साइटबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशूली साइटबाट त्रिशुली बजार, ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुने टेलिकमले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।