काठमाण्डौ । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोशहरि निरौला नियुक्त भएका छन् । निरौला संस्थापक समूह ‘क’का तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।
कम्पनीको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क (संस्थापक समूह) ५ मा भएको व्यवस्था अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव कम्पनीको सञ्चालक समितिको सदस्य रहने प्रावधान अनुसार निरौलालाई नयाँ सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
गत कात्तिक २३ गते सञ्चालक नियुक्त भएका निरौलाले मंसिर ४ गते गापनियता र इमान्दारिताको शपथ लिएका छन् । उनलाई यसअघिका सञ्चालक बाबुराम भण्डारीको स्थानमा नियुक्त गरिएको हो ।