सोमबार, असार १,२०८३ 02:20:05
Bizshala
  • सोमबार, असार १,२०८३ 02:20:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संसदमा चिया संकटको मुद्दा, तत्काल समाधान गर्न सरकारलाई आग्रह

Laxmi Sunrise Bank Limited
संसदमा चिया संकटको मुद्दा, तत्काल समाधान गर्न सरकारलाई आग्रह
Shivam Cement

काठमाण्डौ । भारतले नेपाली चिया निर्यातमा रोक लगाएको विषय प्रतिनिधिसभामा उठान भएको छ।

सोमबारको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

Bizshala
New Office
CG Motors

सांसद केरुङका अनुसार भारततर्फ निर्यातका लागि तयारी गरिएको करिब ३ लाख किलो चिया सीमा क्षेत्रमा रोकिएको छ भने देशभित्रै उद्योगका गोदाममा थप ७ लाख किलो चिया थन्किएको अवस्था छ।  

निर्यात अवरुद्ध हुँदा कुल ८३ वटा चिया उद्योग पूर्ण रूपमा बन्द हुने अवस्थामा पुगेको उनले संसदमा जानकारी दिए।

उनले निर्यात अवरोधका कारण चिया उद्योगसँग प्रत्यक्ष रूपमा जोडिएका मजदूरहरू, विशेषगरी चिया बगानमा काम गर्ने र पत्ती टिप्ने श्रमिकहरू ठूलो मात्रामा बेरोजगार बनेको बताए।  

उत्पादन तयार भएपनि बजार नपाउँदा उद्योगहरू आर्थिक संकटमा परेको उनको भनाइ थियो।

Garima Development Bank
Shivam Cement
Bizshala

सांसद केरुङले यस समस्यालाई तत्काल समाधान गर्न सरकारलाई आग्रह गर्दै भारतसँग कूटनीतिक तहमा छलफल गरी जीटूजी (सरकार–सरकार) सम्झौतामार्फत निर्यात सहज बनाउने व्यवस्था गर्न माग गरे।

उनले दीर्घकालीन रूपमा नेपाली चिया उद्योगलाई सुरक्षित र प्रतिस्पर्धी बनाउन ठोस नीति आवश्यक रहेको पनि बताए।

चिया उद्योग बन्द हुँदा पूर्वी पहाडी क्षेत्रको अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै सांसदहरूले सरकारलाई शीघ्र पहल गर्न दबाब दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.