काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार ३६३ वडा, ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ।
पार्टीका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अझै अधिवेशन सम्पन्न हुन बाँकी छ।
त्यसैगरी, अधिवेशन प्रक्रिया शुरु भई विभिन्न कारणले स्थगित भएका जिल्लाहरूमा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन्।
प्रदेशगत रूपमा हेर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्।
मधेश प्रदेशको अधिवेशन हाल स्थगित अवस्थामा छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।
पार्टीले आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई पनि तीव्रता दिएको छ।

