आईतवार, असार ७,२०८३ 03:26:40
Bizshala
  • आईतवार, असार ७,२०८३ 03:26:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिका–इरान वार्ताको पहिलो चरण शुरु हुँदै, परमाणु कार्यक्रम र प्रतिबन्ध मुख्य एजेन्डा

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान वार्ताको पहिलो चरण शुरु हुँदै, परमाणु कार्यक्रम र प्रतिबन्ध मुख्य एजेन्डा
Shivam Cement

काठमाण्डौ । अमेरिका र इरानबीच गत हप्ता भएको अस्थायी शान्ति समझदारीपछि अब दुवै देशबीच औपचारिक वार्ताको पहिलो ठूलो चरण शुरु हुन लागेको छ।  

अमेरिकी उपराष्ट्रपति जेडी वेंस स्विट्जरल्यान्ड पुग्ने तयारीमा छन्, जहाँ आइतबार हुने वार्तामा परमाणु कार्यक्रम, प्रतिबन्धका कारण रोकिएको इरानी रकम तथा क्षेत्रीय सुरक्षा तनावका विषयमा छलफल हुने बताइएको छ।

Bizshala
New Office
CG Motors

अमेरिका चाहन्छ– परमाणु ठिकानामा निरीक्षण

अमेरिकी पक्षले वार्ताको शुरुवातमै इरानका परमाणु ठिकानाहरूमा संयुक्त राष्ट्रसंघ (यूएन) का निरीक्षकहरूलाई पहुँच दिनुपर्ने अडान राखेको छ।

ती साइटहरू यसअघि अमेरिका र इजरायलले समेत लक्षित गरेका थिए।  

अमेरिकी अधिकारीहरूका अनुसार यस्तो निरीक्षणले इरानको परमाणु कार्यक्रमको वास्तविक अवस्था स्पष्ट पार्ने र आगामी वार्ताका लागि विश्वासको वातावरण निर्माण गर्नेछ।

इरानलाई केही जमेका रकम फिर्ता गर्ने प्रस्ताव

वार्ताको साटोमा अमेरिका इरानलाई प्रतिबन्धका कारण रोकिएको करिब ६ अर्ब अमेरिकी डलर फुकुवा गर्ने विकल्पमा विचार गरिरहेको छ।  

प्रारम्भिक चरणमा यो रकम कतारस्थित खातामा रहेको इरानी सम्पत्तिबाट उपलब्ध गराइने बताइएको छ।  

तर, यो रकम मानवीय प्रयोजन—जस्तै खाद्यान्न तथा आवश्यक वस्तु खरिद—का लागि मात्र प्रयोग गर्न सकिने सर्त राखिनेछ।

६० दिनभित्र सम्झौताको प्रयास

राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेश्कियनबीच भएको अस्थायी सहमतिअनुसार दुवै देशलाई ६० दिनको समय दिइएको छ, जसमा दीर्घकालीन समाधानतर्फ प्रगति गर्ने लक्ष्य राखिएको छ।  

यद्यपि दशकौँदेखि चलिरहेको तनाव अन्त्य गर्ने प्रक्रिया अझै जटिल रहेको विश्लेषकहरू बताउँछन्।

वेंसको भनाइ– ढाँचा बनाउनु प्राथमिक लक्ष्य

स्विट्जरल्यान्ड प्रस्थान गर्नुअघि जेडी वेंसले आफू केही दिनका लागि मात्र वार्तामा सहभागी हुने बताएका छन्।

उनका अनुसार प्रारम्भिक चरणको मुख्य उद्देश्य आगामी वार्ताका लागि स्पष्ट संरचना ९ाचबmभधयचप० तयार गर्नु हो।  

उनले परमाणु मुद्दा र क्षेत्रीय द्वन्द्वमा केही प्रगति हुने आशा व्यक्त गरेका छन्।

पाकिस्तानको मध्यस्थ भूमिका

यस वार्तामा पाकिस्तानले पनि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।  

 

Garima Development Bank
Shivam Cement
Bizshala

प्रधानमन्त्री शहबाज शरीफ र सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीर पनि स्विट्जरल्यान्डमा उपस्थित हुने बताइएको छ।  

पाकिस्तानले अमेरिका–इरान सहमतिलाई कार्यान्वयन गर्न सहयोग जारी राख्ने जनाएको छ।

इरानी प्रतिनिधिमण्डलमा उच्चस्तरीय सहभागिता

इरानको तर्फबाट संसद अध्यक्ष मोहम्मद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास अरागची र केन्द्रीय बैंक गभर्नर अब्दोलनासेर हेम्मती वार्तामा सहभागी हुनेछन्।  

उच्चस्तरीय प्रतिनिधित्वलाई इरानले वार्ताप्रति गम्भीर रहेको संकेतका रूपमा हेरिएको छ।

क्षेत्रीय तनाव र इजरायलको भूमिका

अमेरिकी खुफिया विश्लेषणअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको नीति वार्ता प्रक्रियामा बाधा बन्न सक्ने सम्भावना छ।  

लेबनानमा हिज्बुल्लाहविरुद्ध कडा कारबाहीको दबाबले पनि शान्ति प्रक्रिया प्रभावित हुन सक्ने अनुमान गरिएको छ।

होर्मुज जलडमरूमध्यमा पुनः तनावको सम्भावना

अस्थायी सम्झौतापछि होर्मुज जलडमरूमध्य पुनः खुला भएपनि पूर्ण रूपमा तनाव अन्त्य भएको छैन।  

इरानले इजरायली आक्रमण जारी रहे वा अमेरिका आफ्नो प्रतिबद्धताबाट पछि हटे कडा कदम चाल्ने चेतावनी दिएको छ।

ट्रम्पको टोल नलिने घोषणा

यसबीच राष्ट्रपति ट्रम्पले वार्ताको ६० दिन अवधिमा होर्मुज जलडमरूमध्यबाट गुड्ने जहाजहरूमा कुनै टोल नलाग्ने घोषणा गरेका छन्।  

तर, अन्तिम सम्झौता नभए भविष्यमा शुल्क वा अन्य कदम उठाउन सकिने चेतावनी पनि उनले दिएका छन्।

प्रारम्भिक समझदारीको आधार

पहिलो चरणको वार्ताको मुख्य प्रस्ताव भने इरानलाई परमाणु ठिकानामा निरीक्षण अनुमति दिनु र त्यसको बदलामा जमेका ६ अर्ब डलरमा पहुँच दिनु रहेको छ।

यदि यस विषयमा सहमति जुट्यो भने यो दुई देशबीच विश्वास पुनर्स्थापनाको पहिलो महत्वपूर्ण कदम हुने विश्लेषण गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.