मंगलवार, असार ९,२०८३ 12:06:31
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:06:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन

Laxmi Sunrise Bank Limited
नेपाली चिया निर्यातका अवरोध अध्ययन गर्न विशेष समिति गठन

काठमाण्डौ । सरकारले नेपाली चिया निर्यातमा देखिएका विभिन्न समस्या तथा चुनौतीहरूको समाधान खोज्न उच्चस्तरीय विशेष समिति गठन गरेको छ।  

निर्यात प्रक्रियामा देखिएका प्राविधिक, व्यापारिक र गुणस्तरसँग सम्बन्धित अवरोधहरूको अध्ययन गरी सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ।

New Office
CG Motors
Garima Development Bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार समितिले चिया निर्यात क्षेत्रमा रहेका समस्याको विस्तृत समीक्षा गरी दुई साताभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्नेछ।  

प्रतिवेदनमा तत्काल कार्यान्वयन गर्न सकिने उपायदेखि दीर्घकालीन रणनीतिसम्म समेटिने जनाइएको छ।

समितिको नेतृत्व द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवले गर्नेछन्।  

यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिका साथै सम्बन्धित विभाग र निकायका अधिकारीहरू सदस्यका रूपमा रहेका छन्।

भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रतिनिधिहरूलाई समेत समितिमा समावेश गरिएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उद्योग मन्त्रालयका उपसचिवले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन्।

नेपाली चिया निर्यातका क्रममा विभिन्न देशका भन्सार प्रक्रिया, गुणस्तर मापदण्ड तथा प्राविधिक परीक्षणका कारण व्यवसायीहरूले लामो समयदेखि समस्या भोग्दै आएका छन्।  

सरकारले यस्ता अवरोध हटाई निर्यात वातावरणलाई सहज बनाउने तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

समितिको प्रतिवेदनपछि आवश्यक नीतिगत सुधार, व्यापारिक सहजीकरण र कूटनीतिक पहल अघि बढाइने अपेक्षा गरिएको छ।  

यसबाट नेपाली चिया उद्योगको प्रतिस्पर्धात्मक क्षमता वृद्धि भई निर्यातमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.