बिहीबार, असार ११,२०८३ 11:06:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:06:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

Laxmi Sunrise Bank Limited
सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।

क्यापिटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २८ लाख ९४ हजार २३२ आवेदन परेको छ । यसमध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएको छ ।

New Office
CG Motors
Garima Development Bank

आईपीओ खरिदका लागि आवेदन दिने ४४ हजार २०७ वटा आवेदन भने बदर भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुल सदर आवेदकमध्ये ७० हजार ५५० जनालाई १० कित्ताका दरले ७ लाख ५ हजार  ५ सय कित्ता आईपीओ बाँडफाँड गरिएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.