काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको ५ लाख कित्ता सेयरको लक–इन अवधि साउन ११ ते समाप्त हुन लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार जारी पूँजीको १० प्रतिशत बराबर रु. १ अर्ब मूल्यका १ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो। सोमध्ये ५ प्रतिशत अर्थात् ५ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।
सर्वसाधारणमा बाँडफाँड भएको मितिदेखि लागू भएको लक–इन अवधि छ महिनापछि समाप्त हुने व्यवस्था अनुसार, उक्त सेयरको लक–इन अवधि साउन ११ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।
लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सामूहिक लगानी कोषहरूले उक्त सेयरहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत प्रचलित नियमअनुसार कारोबार गर्न सक्नेछन्।

