सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि निष्कासन गरेको ८२ लाख कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन...

