मंगलवार, श्रावण १९,२०८३ 04:41:00
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 04:41:00
Bizshala
Global IME Bank Limited

सोलु हाइड्रोको आईपीओको विषयमा स्थानीयमा तीव्र विवाद र असन्तुष्टि, निश्कासन प्रक्रिया होल्ड हुनसक्ने

सोलु हाइड्रोको आईपीओको विषयमा स्थानीयमा तीव्र विवाद र असन्तुष्टि, निश्कासन प्रक्रिया होल्ड हुनसक्ने
New Office

काठमाण्डौ । त्रिवेणी ग्रुप मुख्य प्रमोटर रहेको सोलु हाइड्रोपावर लिमीटेडले निश्कासन गर्न लागेको आईपीओप्रति आयोजना प्रभावित क्षेत्रका बासिन्दाबीच तीव्र असन्तुष्टि देखिएको छ ।  

यो हाइड्रोपावर कम्पनीले निश्कासनको स्वीकृति पाई सेयर बिक्री खुलाउने समय समेत तोकिसकेको अवस्थामा आयोजना प्रभावित स्थानीयहरुमा तीव्र असन्तुष्टि देखिएको हो । 

यो जलविद्युत कम्पनीले मंसिर ७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्दैछ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १० अर्ब रुपैयाँ बराबरको २० प्रतिशतले आउने २ करोड कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले निष्काशनका लागि अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा १ करोड कित्ता शेयर स्थानीय बासिन्दाका लागि र १० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याई बिक्री खुलाएको हो ।  

कम्पनीले सोलुखुम्बु जिल्लामा पर्ने आयोजना प्रभावित क्षेत्रका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका आधारमा कुल १ करोड कित्तालाई विभिन्न भागमा विभाजन गरिएको देखिन्छ । आयोजना अतिप्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडानम्बर ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडानम्बर १ को स्थानीय बासिन्दाहरुका लागि भनेर ४० प्रतिशत अर्थात ४० लाख कित्ता छुट्याएको छ । साथै सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अतिप्रभावित वडाहरुबाहेक अन्य वडाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता छुट्याइएको थियो । स्थानीय र आयोजना प्रभावितबीच सेयरको यही बाँडफाँड मोडलमा तीव्र असन्तुष्टि र विवाद देखिएको छ ।

ठूलो परिमाणको सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएपछि आफूलाई वास्तविक आयोजना अति प्रभावित क्षेत्रका बासिन्दा भन्दै धितोपत्र बोर्डमा दिनहुँजसो स्थानीयको समूहले उजुरी गर्ने क्रम सुरु भएको छ ।  

यो कम्पनीले आईपीओ बिक्री खुलाउने मिति तोकेको दिनदेखि नै दैनिकजसो स्थानीयबासी भन्दै विभिन्न समूहको डेलिगेसन लिएर सेबोन पुगिरहेको त्यहाँका कर्मचारीले बताएका छन् । 'सोलु हाइड्रोको आईपीओको विषयमा स्थानीय र आयोजना प्रभावितबीच नै तीव्र असन्तुष्टि र विवाद देखिएको छ ।' स्रोतले भन्यो- 'समस्या समाधानका लागि यहाँ उजुरी पर्ने क्रम पनि सुरु भएको देखिएको छ । स्थानीय नै आईपीओप्रति असन्तुष्ट रहेपछि र कम्पनीले स्थानीयको असन्तुष्टि व्यवस्थापन गर्न नसकेपछि स्वीकृति दिइसकेको निश्कासन प्रक्रियालाई होल्ड गर्ने विषयमा समेत छलफल भइरहेको छ।'

स्थानीय र आयोजना प्रभावितहरुको गुनासोहरु सम्बोधन गर्न सो जलविद्युत कम्पनीका प्रमोटर तथा व्यवस्थापनका उच्च अधिकारीहरु हालसम्म असफल देखिएका समेत स्रोतको दाबी छ । स्थानीय नै असन्तुष्ट रहेपछि यसले कम्पनीले भविष्यमा गर्ने प्रदर्शन लगायतमा समेत नकारात्मक प्रभाव पर्ने भन्दै यो विषय चाँडो टुंग्याउन धितोपत्र बोर्डले कम्पनीलाई निर्देशन दिइसकेको समेत बताइएको छ ।  

सोलु हाइड्रो जलविद्युत आयोजनाका जिम्मेवार अधिकारीहरुसँग यो विषयमा कुरा बुझ्न खोज्दा कोही पनि बोल्न तयार भएनन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.