काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँडमा परेको लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ। सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सम्बन्धित हितग्राही खातामा सेयर हस्तान्तरण गरेको हो। कम्पनीको सेयर ‘एसओएचएल’ संकेतमा दोस्रो बजारमा कारोबार हुनेछ।
अब उक्त सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचीकृत भएपछि नियमित कारोबारमा आउनेछ।
कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि ८२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो।

