काठमाण्डौ । सोलु हाइड्रोपावरको आइपीओमा २.२४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १४ लाख ८५ हजार ८५६ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा १ अर्ब ८४ करोड ३५ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ३५ हजार ३३० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले पुष २९ गतेदेखि आम सर्वसाधारणका लागि ८२ लाख कित्ता सेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
यो आईपीओ निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

