शुक्रबार, असार १२,२०८३ 12:25:18
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 12:25:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भीषण गर्मीका बीच फ्रान्सका सार्वजनिक स्थानमा मदिरा पिउन र बिक्री गर्न प्रतिबन्ध

Laxmi Sunrise Bank Limited
भीषण गर्मीका बीच फ्रान्सका सार्वजनिक स्थानमा मदिरा पिउन र बिक्री गर्न प्रतिबन्ध

काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा चर्किएको भीषण गर्मीका कारण अस्पतालहरूमा बढ्दो दबाबलाई कम गर्न प्रशासनले सार्वजनिक स्थानमा मदिरा सेवन तथा बिक्रीमा अस्थायी प्रतिबन्ध लगाएको छ। प्रशासनको आदेशअनुसार केही निश्चित समयावधिमा सार्वजनिक स्थानमा मदिरा सेवन निषेध रहनेछ भने टेकअवे  मदिरा बिक्रीमा पनि सीमित घण्टाका लागि रोक लगाइनेछ। यद्यपि लाइसेन्स प्राप्त बार र रेस्टुरेन्टहरू यो प्रतिबन्धबाट बाहिर रहनेछन्।

New Office
CG Motors
Garima Development Bank

फ्रान्सका प्रधानमन्त्री सेबास्टीयन लेकोरनुले देशभर उच्चतम स्तरको स्वास्थ्य सतर्कता जारी गरिएको जनाउँदै अस्पतालहरूमा अतिरिक्त स्वास्थ्यकर्मी परिचालन गर्ने र जोखिममा रहेका समूहको सुरक्षालाई प्राथमिकतामा राखिने बताएका छन्। उनका अनुसार असामान्य रूपमा बढेको तापक्रमका कारण स्वास्थ्य प्रणालीमा पर्ने दबाब व्यवस्थापन गर्न आपतकालीन तयारी आवश्यक भएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, स्पेन बेलायत र फ्रान्समा केही दिनदेखि जारी रहेको हीटवेभ अब पूर्वी युरोपतर्फ सर्दै गएको छ। जर्मनी र चेक गणतन्त्रका मौसम विभागहरूले पनि भीषण गर्मीको चेतावनी जारी गरेका छन्। जर्मनीमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ भने चेक गणराज्यका अधिकांश क्षेत्रमा अत्यधिक गर्मीको जोखिम कायम रहेको जनाइएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.