शुक्रबार, श्रावण १,२०८३ 12:46:36
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 12:46:36
Bizshala
Global IME Bank Limited

बेलायती राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा कति तिरे ?

बेलायती राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा कति तिरे ?
New Office

काठमाण्डौ । बेलायतका राजा चाल्र्स तितृयले इतिहासमै पहिलोपटक आफ्नो व्यक्तिगत कर भुक्तानी सार्वजनिक गरेका छन्। सन् २०२४/२५ आर्थिक वर्षमा उनले १२.९ मिलियन पाउन्ड आयकर तथा पुँजीगत लाभकर तिरेको जानकारी सार्वजनिक गरिएको हो।

यससँगै बेलायती राजपरिवारले आर्थिक पारदर्शिता बढाउने उद्देश्यले राजाको कर विवरण सार्वजनिक गरेको जनाएको छ। यद्यपि, सार्वजनिक गरिएको विवरणमा कति रकम आयकर र कति पुँजीगत लाभकर हो भन्ने वा कर गणनाको विस्तृत आधार भने खुलाइएको छैन।

राजाका उत्तराधिकारी विलियम, प्रिन्स अफ वेल्सले पनि सोही अवधिमा ७.७६ मिलियन पाउन्ड कर तिरेको खुलासा गरेका छन्। बकिङ्घम दरबारका अनुसार दुवैले स्वेच्छाले आफ्नो कर विवरण सार्वजनिक गरेका हुन्।

राजाको मुख्य निजी आम्दानी डुची अफ लानकास्टरबाट प्राप्त हुन्छ, जसले सन् २०२५/२६ मा करिब २५.२ मिलियन पाउन्ड आम्दानी उपलब्ध गराएको थियो। यसबाहेक निजी लगानी तथा निजी सम्पत्तिबाट प्राप्त आम्दानी पनि करयोग्य रहेको जनाइएको छ।

यसैबीच, राजपरिवारले राजा चार्ल्स र रानी क्यामिल्लाले बकिङ्घम दरबारमा बसाइँ नसरी हालकै क्लारेन्स हाउसमै बसोबास जारी राख्ने निर्णय गरेको पनि जनाएको छ। यसबाट बकिङ्घम दरबारलाई सर्वसाधारणका लागि थप खुला बनाउने र पर्यटन आम्दानी बढाउने अपेक्षा गरिएको छ।

वार्षिक वित्तीय प्रतिवेदनअनुसार राजसंस्थाको सञ्चालनका लागि सरकारले उपलब्ध गराउने सुभरेन ग्रान्ट सन् २०२७/२८ देखि वार्षिक ९९.९ मिलियन पाउन्ड पुग्नेछ। उक्त रकम दरबारहरूको मर्मतसम्भार, कर्मचारी व्यवस्थापन, साइबर सुरक्षा तथा राजकीय गतिविधिमा खर्च गरिने जनाइएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.