सोमबार, श्रावण १८,२०८३ 07:43:55
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:43:55
Bizshala
Global IME Bank Limited

वर्षा अभावले धान रोपाइँ प्रभावित, देशभर ११.३३% मात्रै सम्पन्न

वर्षा अभावले धान रोपाइँ प्रभावित, देशभर ११.३३% मात्रै सम्पन्न
New Office

काठमाण्डौ। अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त बनेको छ। कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ११.३३ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ।

विभागको तथ्यांकअनुसार हालसम्म १३ लाख ८१ हजार ४८८ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १ लाख ५६ हजार ५८३.६७ हेक्टरमा मात्रै रोपाइँ भएको छ। गत वर्ष सोही अवधिसम्म १५.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो, जुन यस वर्षको तुलनामा ४.२७ प्रतिशत विन्दूले बढी हो।

प्रदेशगत रूपमा कर्णाली प्रदेशमा सबैभन्दा बढी २२.८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेश प्रदेशमा ५ प्रतिशत मात्रै रोपाइँ भएको छ। सबैभन्दा कम प्रगति मधेश प्रदेशमा देखिएको विभागले जनाएको छ।

गत वर्षको तुलनामा लुम्बिनी र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा रोपाइँको गति घटेको तथ्यांकले देखाएको छ। गत वर्ष यही अवधिमा कोशीमा १४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, कर्णालीमा ३९।१ प्रतिशत र सुदूरपश्चिममा ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। लुम्बिनीमा ९.७ प्रतिशत र मधेशमा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको थियो।

कृषि क्षेत्रका विज्ञहरूका अनुसार पर्याप्त वर्षा नहुँदा खेतमा आवश्यक चिस्यान कायम हुन नसकेकाले किसानले रोपाइँलाई तीव्रता दिन सकेका छैनन्। मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार पानी नपरेकाले रोपाइँ प्रभावित भएको उनीहरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत २१४ मिलिमिटर वर्षाको ६९.६ प्रतिशत मात्रै हो। औसतभन्दा कम वर्षा भएकाले धान रोपाइँमा प्रत्यक्ष असर परेको कृषि विज्ञहरूको निष्कर्ष छ।

धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ। यद्यपि आगामी दिनमा पर्याप्त वर्षा भए रोपाइँको गति बढ्ने अपेक्षा कृषिविज्ञहरूले गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.