सोमबार, कार्तिक २,२०८३ 03:13:16
  • सोमबार, कार्तिक २,२०८३ 03:13:16
Global IME Bank Limited

सर्वोच्चद्वारा विष्णु पौडेलको रिटमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश

Bizshala
सर्वोच्चद्वारा विष्णु पौडेलको रिटमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश
New Office

काठमाण्डौ । सर्वोच्च अदालतले नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिहाइको माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका क्रममा विभिन्न सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालत, उच्च अदालत पाटन तथा जिल्ला अदालत काठमाण्डौमा विचाराधीन विभिन्न मुद्दाका सक्कल मिसिल झिकाई आगामी असार १८ गतेको पेसीमा पेस गर्न आदेश दिएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अदालतले दीपक भट्टसमेत प्रतिवादी रहेको विशेष अदालतमा दायर मुद्दाको मिसिल, भट्टसमेत विपक्षी रहेको उच्च अदालत पाटनमा विचाराधीन बैंकिङ कसुरसम्बन्धी मुद्दाको सक्कल मिसिल, आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बीमासम्बन्धी कसुरको मुद्दा तथा सुलभ अग्रवालसमेत प्रतिवादी रहेको मुद्दाको मिसिल जिल्ला अदालत काठमाडौंबाट झिकाउन निर्देशन दिएको छ।

यस्तै, दीपक भट्टसमेत प्रतिवादी रहेको धितोपत्रसम्बन्धी कसुरको मुद्दाको मिसिल पनि जिल्ला अदालत काठमाण्डौबाट झिकाउन आदेश जारी गरिएको छ।

यसैबीच, सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी विवादमा सन् २०१५ देखि सन् २०२४ सम्म नेपाल–बेलायत आवतजावतको ट्राभल हिस्ट्री माग गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले निवेदकले माग गरेको तत्काल कामकाज रोक्ने अन्तरिम आदेश अस्वीकार गर्दै अध्यागमन विभागलाई उक्त अवधिको यात्रा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको हो।

अदालतले डा. कँडेललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि गरिएको सिफारिससम्बन्धी निर्णयको सक्कल फाइल पनि पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.