आईतवार, असार २१,२०८३ 09:24:32
Bizshala
  • आईतवार, असार २१,२०८३ 09:24:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतको सेमीकन्डक्टर यात्रामा ऐतिहासिक फड्को, सानन्दबाट जापान-अमेरिका-युरोपसम्म चिप निर्यात हुने

Laxmi Sunrise Bank Limited
भारतको सेमीकन्डक्टर यात्रामा ऐतिहासिक फड्को, सानन्दबाट जापान-अमेरिका-युरोपसम्म चिप निर्यात हुने

काठमाण्डौ । प्रविधि र उत्पादन क्षेत्रमा भारतले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। भारतमा निर्माण हुने सेमीकन्डक्टर अर्थात् चिप्स अब आन्तरिक खपतमा मात्र सीमित नरहने, विकसित प्रविधि बजार मानिने जापान, संयुक्त राज्य अमेरिका र युरोपसम्म निर्यात हुने भएको छ।

गुजरातको सानन्दमा रहेको ‘सीजी सेमी’ आउटसोर्स्ड सेमीकन्डक्टर एसेम्बली एन्ड टेस्ट सुविधाको उद्घाटन गर्दै भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भारत अब विश्व सेमीकन्डक्टर आपूर्ति शृंखलामा बलियो उपस्थितिसहित अघि बढेको बताए।

New Office
CG Motors
Garima Development Bank

मन्त्री वैष्णवका अनुसार सानन्द प्लान्टमा तयार हुने चिप्स कार, स्कुटर, सूचना प्रविधिसम्बन्धी उपकरण तथा विभिन्न इलेक्ट्रोनिक उत्पादनमा प्रयोग हुनेछन्। उनका अनुसार सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भारतमा बनेका यी चिप्स अब जापान, अमेरिका र युरोपजस्ता उच्च प्रविधि प्रयोग गर्ने देशहरूमा निर्यात हुनेछन्।

यो विकासलाई भारतको आईटी, इलेक्ट्रोनिक्स र उत्पादन क्षेत्रमा रणनीतिक छलाङका रूपमा हेरिएको छ। विश्वव्यापी रूपमा सेमीकन्डक्टरलाई आधुनिक अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। मोबाइल, कम्प्युटर, गाडी, रक्षा प्रणाली, कृत्रिम बुद्धिमत्ता, डेटा सेन्टरदेखि स्मार्ट उपकरणसम्म चिप्स अनिवार्य बन्दै गएको छ। यस्तो अवस्थामा भारतले आफ्नै भूमिमा चिप उत्पादन, परीक्षण र प्याकेजिङ विस्तार गर्नु उसको औद्योगिक आत्मनिर्भरता र निर्यात क्षमताका लागि ठूलो उपलब्धि मानिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री नरेन्द्र मोदीले सानन्द सुविधाको उद्घाटन गर्दै भारतलाई भविष्यको आईटी र सेमीकन्डक्टर केन्द्र बनाउने दिशामा यो ऐतिहासिक कदम भएको बताएका छन्। उनले अमेरिका, ताइवानलगायत देशले सेमीकन्डक्टर इकोसिस्टमबाट विश्व प्रविधि बजारमा बनाएको प्रभावको उदाहरण दिँदै भारत पनि त्यही दिशामा तीव्र रूपमा अघि बढिरहेको संकेत गरे।

भारतीय सरकारी अधिकारीहरूका अनुसार केही महिनाको छोटो अवधिमै माइक्रोन, केन्स र सीजी सेमीजस्ता कम्पनीहरूले उत्पादन सुरु गर्नु सेमीकन्डक्टर क्षेत्रमा भारतको तयारी र कार्यान्वयन क्षमताको संकेत हो। भारत अब केवल चिप प्याकेजिङमा सीमित नहुने, यसको वरिपरि विशेष रसायन उत्पादन, मेसिन सर्भिसिङ, डिजाइन सेन्टर, स्टार्टअप र अनुसन्धान केन्द्रहरूसमेत जोडेर पूर्ण सेमीकन्डक्टर इकोसिस्टम बनाउने तयारीमा जुटेको छ।

सानन्द प्लान्ट सञ्चालनमा आएसँगै भारतले विश्व बजारलाई दिएको सन्देश स्पष्ट छ-अब भारत केवल सफ्टवेयर र आईटी सेवाको केन्द्र मात्र होइन, भविष्यको हार्डवेयर र सेमीकन्डक्टर उत्पादनको पनि उदीयमान शक्ति बन्न चाहन्छ।

भारतको यो कदमले एशियामा सेमीकन्डक्टर उत्पादनको शक्ति-सन्तुलनमा नयाँ बहस सुरु गराउने देखिएको छ। ताइवान, दक्षिण कोरिया, जापान र चीनको प्रभुत्व रहेको चिप उद्योगमा भारतको प्रवेशले विश्व आपूर्ति शृंखलालाई थप विविध बनाउने अपेक्षा गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.