सोमबार, श्रावण १८,२०८३ 04:47:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:47:26
Bizshala
Global IME Bank Limited

राष्ट्रिय सभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

राष्ट्रिय सभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने
New Office

काठमाण्डौ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको २७ औँ बैठक सोमबार बस्ने भएको छ। संसद् सचिवालयका अनुसार बैठक अपराह्न १२ बजेर १५ मिनेटमा बस्नेछ।

संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

आजको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिइनेछ।

त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका बजेट सम्बन्धी विषयमा उठेका प्रश्नहरूको पनि मन्त्रीहरूले स्पष्टिकरण दिने कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.