सोमबार, असार २२,२०८३ 05:14:43
Bizshala
  • सोमबार, असार २२,२०८३ 05:14:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

Laxmi Sunrise Bank Limited
कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका कम्पनीले जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (जस्तै स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन÷हेडफोन), तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेनुइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नेछ ।

यी सर्भिस सेन्टरहरुको सञ्चालन टेलिडाइरेक्ट प्रालिले गर्नेछ । टेलिडाइरेक्ट रमेश कर्पअन्तर्गतको कम्पनी हो, जसले नेपालभर शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस र ग्राहकलाई विश्वासयोग्य सेवा प्रदान गर्दै आएको छ ।

New Office
CG Motors
Garima Development Bank

उद्घाटनको अवसरलाई विशेष बनाउन कम्पनीले आफ्ना ग्राहकका लागि छिट्टै आकर्षक छुट योजनाको घोषणा गर्ने जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जालहरूमा जोडिन तथा थप जानकारीका लागि सर्भिस सेन्टरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

इटहरीको सर्भिस सेन्टरमा ग्राहकका लागि विशेष ’कस्टमर एक्सपेरियन्स जोन’ पनि राखिएको छ । यस जोनमा ग्राहकहरूले शाओमीका विभिन्न उत्पादनहरू प्रत्यक्ष रूपमा हेर्न, प्रयोग गर्न र अनुभव गर्न सक्नेछन् । 

आधुनिक डिजाइन र सुविधासहित तयार गरिएको यस क्षेत्रले अन्य सर्भिस सेन्टरको तुलनामा अझ सहज, आधुनिक र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त अवसरमा टेलिडाइरेक्ट प्रा.लि.का जनरल मेनेजर दीपक श्रेष्ठले इटहरी र नारायणगढमा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु शाओमीका ग्राहकलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम भएको बताए । उनले ग्राहकको विश्वासलाई अझ मजबुत बनाउँदै नेपालभर बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे । 

यी सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरू उपलब्ध रहनेछन्, जसले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउनेछन् । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.